Wednesday, September 22, 2010

दुर्घटनामा मृत्यु भएका हरुको दाहसँस्कार गरिदै

पृथ्बीराजमार्ग अन्तर्गत चीतवनको दारेचोक गाबिसको रमाइलो डाँडामा हिजो भएको कार दुर्घटनामा परी मृत्यु भएका कास्की कांग्रेसका तीनै जना नेता÷कार्यकर्ताको आज दाहसँस्कार गरिने भएको छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतलामा पोष्टमार्टम गरेर बिहान आआफ्नो घरमा लगेर विधिपूर्वक अन्तिम श्रद्धाञ्जली अर्पण गरीएको छ । उहाँहरुलाई अन्तिम श्रद्धाञ्ली दिन आफन्त, परीवारका सदस्यहरु, कांग्रेस नेता÷कार्यकर्ता तथा अन्य पार्टीका नेता÷कार्यकर्ताहरु घर घरमा पुगेका थिए । तीनै जनाको शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि पूर्वान्ह ११ वजेपछि काग्रेस पार्टी कार्यालय चिप्लेढुंगामा राखेर अन्तिम श्रद्धाञ्जली दिइदैंछ । अन्तिम श्रद्धाञ्जलीको लागि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पोखरा पुग्नुभएकोे छ । पार्टी कार्यालय चिप्लेढुंगामा अहिले कांग्रेस तथा अन्य पार्टीका नेता÷कार्यकर्ता, सुभेच्छुकहरु अन्तिम श्रद्धाञ्जलीको लागि जम्मा भएका छन् । कांग्रेस क्षेत्र नं ३ का सभापति कृष्णप्रसाद पराजुली, महासमिति सदस्य तेजप्रसाद दाहाल र सक्रिय सदस्य युवराज पहारीको हिजो कार दुर्घटनामा मृत्यु भएको थियो । अन्तिम श्रद्धाञ्जली पश्चात आजै दाहसँस्कार गरिने नेपाली काँग्रेस कास्कीका सभापति यज्ञ बहादुर थापाले जानकारी दिनुभयो ।

Total Pageviews