Wednesday, September 22, 2010

तीन लाख रकम लुटियो

इलाका प्रहरी कार्यलय दमकका अनुसार मोरङ पथरी १ घर भएका राजु काफ्लेले दमकको एनआइसी बैंकमा ३ लाख रुपैंया राखेर ३ लाख रुपैंया साथमा लिएर घर जाने क्रममा लुटिएको हुन् । प्रहरीका अनुसार काफलेले हातमा फोहोर लागेको देखेपछि हाते झोला काखीमा च्यापेर पश्चिम बस स्टेण्डमा रहेको ट्यूबेलमा हात धुन थाल्दा एक जना लुटेराले झोला खोसेर भागेका हुन् । लुटेराहरू कति जना थिए भन्ने कुरा यकिन हुन सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Total Pageviews