Wednesday, September 22, 2010

इटहरीमा दुई टाउके शिशुको जन्म

सुनसरी जिल्लाको इटहरी-९ सरदार बस्तीमा आज बिहान अनौठो एक शिशुको जन्म भएको छ ।

एक्काइस वर्षीया ममता सरदारले आफ्नो तेस्रो सन्तानको रुपमा आज बिहान १० बजे एउटा शरीर र दुइवटा टाउको भएको बालिकाको जन्म दिएकी थिइन् । सो बच्चाको जन्म भएको आधा घन्टापछि मृत्यु भएको थियो ।
इटहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तीनपटकसम्म गर्भमा भएको बच्चाको स्वास्थ्य जाँच गराएकी ममताले आफ्नो पेटमा दुइवटा टाउको भएको जानकारी नपाएको र जन्म दिएपछि मात्र उनले दुइवटा टाउको भएको देख्न पाएको बताइन् ।
छोराको चाहनामा अन्तिम बच्चा जन्माउन तयार भएकी ममताको यसअघि तीन र छ वर्षका छोरी रहेका छन् ।
स्वस्थ अवस्थामा जन्मिएको पूर्ण् रुपमा विकसित भएको बच्चाको शरीरको अन्य भाग अत्यन्तै राम्रो अवस्थामा रहेको र दुवै टाउको समेत समान ढङ्गले विकास भएको थियो ।

Total Pageviews