Tuesday, September 21, 2010

कश्मिरमा तत्काल हिंसा रोक्न संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनको अपिल

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले भारत अधिनस्थ कस्मिरमा तत्काल हिंसा रोक्न अपील गरेका छन्। हिंसाका कारण कस्मिरमा मानवीय क्षति भएकोमा दुःख प्रकट गर्दै महासचिव मुनले कस्मिर हिंसामा जिम्मेवार दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। उता कस्मिरीहरुले भारत विरोधी आफ्नो गतिविधिलाई जारी नै राखेका छन्। उनीहरुले कस्मिरका विभिन्न सहरमा भारत सरकारको विरोधमा प्रदर्शन गरेका छन्। पछिल्लो समयमा कस्मिर मुद्धालाई लिएर भारत र पाकिस्तानबीच थप तनाव देखिएको छ। सोमवार पाकिस्तानी संसदले कस्मिरमा मानव अधिकार हनन् भएको भन्दै एक प्रस्ताव पारित गरेपछि दुवै मुलुकबीच तनाव बढेको हो।।

Total Pageviews