Thursday, September 23, 2010
आगामी दश गते हुने प्रधानमन्त्री निर्वाचनमा पनि नेकपा एमालेले भाग नलिने :प्रधानमन्त्री माधबकुमार नेपाल
प्रधानमन्त्री माधबकुमार नेपालले आगामी दश गते हुने प्रधानमन्त्री निर्वाचनमा पनि नेकपा एमालेले भाग नलिने बताउनु भएको छ। भवलाल बहुमुखी क्याम्पसको उद्घाटनका लागि गृहजिल्ला रौतहट जाने क्रममा सिमरा बिमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले उक्त कुराको जानकारी दिनुभएको हो। प्रधानमन्त्री नेपालले धार्मिक यात्राका नाममा पूर्वराजाको क्रियाकलापका कारण गणतन्त्रमा प्रतिकूल असर पर्ने भएकाले दुई दिन अघि बसन्तपुर जान रोक लगाइएको समेत जानकारी दिनुभयो। उहाँले नेपालको शान्ति प्रक्रियाका विषयमा जथाभावी अभिव्यक्ति नदिन अनमिनका प्रतिनिधिलाई सुझाव समेत दिनुभयो।