Monday, September 6, 2010

यातना र सडेगलेका खाना दिइएको भन्दै इटहरीस्थित पिसजोन उच्च मा.वि.का विद्यार्थी होस्टेलबाट बाहिरिए

यातना र सडेगलेका खाना दिइएको भन्दै सुनसरीको इटहरीस्थित पिसजोन उच्च माविको होस्टेलमा बस्दै आएका कक्षा दशका विद्यार्थी होस्टेलबाट बाहिरीएका छन्। होस्टेलका शिक्षक विकास सुब्बाले लामो समयदेखि यातना दिँदै आएको र व्यवस्थापन पक्षले पनि त्यसको सुनुवाइ नगरेको भन्दै विद्यार्थी होस्टेलबाट बाहिरीएका हुन्। विद्यार्थीले होस्टेलमा दिइएको यातना सहन नसकेर बाहिरीएको बताएका छन्। विद्यार्थीहरुको शरिरमा कुटपिट गरिएको निलडाम पनि देखिएको छ। पिसजोन उच्च माविका प्रिन्सिपल जगदीश ओलीले भने विद्यार्थीहरुप्रति दुर्व्यवहार नगरिएको दावी गरेका छन्। होस्टेलबाट बाहिरीएका सबै विद्यार्थी एभिन्यूज टेलिभिजनको पूर्वाञ्चल व्यूरो कार्यालय इटहरीको शरणमा पुगेका छन्।।

Total Pageviews