Monday, September 6, 2010

माटा फेयरमा नेपालको पर्यटन विकासको प्रभावकारी काम भएन राजदुत अधिकारी

मलेसिया । मलेसियाको लागि नेपाली राजदुत डा.ऋषिराम अधिकारीले सरकारको असहयोग र श्रोतको अभावको कारण पर्यटन वर्ष २०११ को सम्मुखमा आउँदा पनि माटा फेयरमा पर्यटन प्रवर्धनको लागि प्रभावकारी काम गर्न नसकिएको बताउनु भएको छ । पर्यटन प्रवर्धनको लागि मलेसिया र सिंगापुरको भ्रमणमा रहेको नाटा प्रमोशनल टूर २०१० को टोलिले क्वालालम्पुरमा आयोजना गरेको “पर्यटन वर्ष २०११ र आम्रो भूमिका” विषयक अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा अधिकारीले उक्त कुरा बताउनु भएको हो ।रकमको अभावले पर्यटनका तमाम् गतिविधिको बारेमा प्रचारप्रसार गर्न नसकिएको बताउँदै राजदुत डा.अधिकारीले श्रोत, साधन र योजना अनुसार काम नभएको, सहभागिता पनि नहुने देखिएकोले समस्या निम्तिएको पाईएको उल्लेख गर्नुभयो । अधिकारीले आउँदो अक्टुबरमा पर्यटनको लागि केहि काम गर्ने तयारी गरेको जानकारी दिनुभयो । ति कामहरु कस्ता हुन भनेर योजनामै रहेकोले खुलाउनु भएन ।मलेसियाका वौद्धमार्गि पर्यटकलाई वुद्धको जन्मथलो देश नेपालको लुम्विनीको आकर्षण वढाउन सकिने संभावना प्रवल रहकोले भैरहवा एयरपोर्टलाई क्षेत्रीय हवको रुपमा तथा लुम्विनीमा चीफ होटलको व्यवस्थापन गराउने काम भईरहेको बताउनु भयो । श्रम सहचारी सूर्य भण्डारीले सिमित श्रोत र साधनले पर्यटन प्रवर्धनको लागि सक्दो प्रयास गरीरहेकोमा जोड दिनुभयो ।नेपाल पर्यटन वोर्डका पूर्व सदस्य बासु त्रिपाठीले अस्थिर राजनीति भएपनि हवाई सेवा र शान्ति सुरक्षाको अफ्टेरो अवस्था नभएको विश्वास दिलाउने भूमिका दुतावासले खेल्नुपर्ने बताउनु भयो ।

Total Pageviews