Monday, September 20, 2010

चाडपर्वका अवसरमा कृत्रिम अभाव र कालाबजारी हुन नदिन वाणिज्य विभागद्वारा अनुगमन सुरु

चाडपर्व नजिक आईरहेको बेला कालाबजारीहरुले कृत्रिम अभाव सृजना गरेको आशंकामा बाणिज्य विभागले राजधानीको कुलेश्वर तथा कालीमाटी क्षेत्रका खाद्य गोदाम र पसलहरुमा अनुगमन गरेको छ। बाणिज्य बिभागले बजारमा कालाबजारीहरुको बहुल्यता रहेको जनाउदै अनुगमनको क्रममा कुलेश्वरमा रहेको चाउचाउ तथा मसलाका गोदाममा खरिद विक्री विल नराखेको र केहि पसलहरुमा घिउ तथा मसलाहरुमा व्याच लेवल नहुनुका साथै मुल्य सुचि पनि नभेटिएको बिभागले जनाएको छ। नजिकदै गरेको दशैमा व्यापारीहरुले मुल्य बढाउन सक्ने हुदा बजार अनुगमन शुरु गरेको विभागका निरिक्षकप्रमुख कमल बाहादुर थापाले बताउनु भयो। बाणिज्य विभागले अब बजार अनुगमनलाई तिब्रता दिने जनाएको छ। चाडपर्वको बेला परिवर्तन भइरहने बजार मुल्यलाइ नियन्त्रण गर्न विभिन्न टोली बनाएर बजारमा जाने विभागले जनाएको छ ।

Total Pageviews