Thursday, August 26, 2010
तेरापन्थी जैन सभा भवनको उद्घाटनका लागि राष्ट्रपति डाक्टर रामवरण यादव वीरगन्जमा
राष्ट्रपति डाक्टर रामवरण यादव एक भवन उद्घाटन गर्न वीरगन्ज पुग्नुभएको छ। राष्ट्रपति यादव वीरगन्जको आदर्श नगरस्थित तेरापन्थी जैन सभा भवनको उद्घाटनका लागि वीरगन्ज जानु भएको हो। उहाँ अघि नौ बजे नेपाली सेनाको हेलिकप्टरबाट वीरगन्ज जानु भएको हो।
सो भवन करिब तीन करोड रुपैयाँको लागतमा निर्माण भएको हो। सो भवनमा आध्यात्मिक एवं सामाजिक कामका लागि प्रयोग गरिने तेरापन्थी स्वयताम्बरका अध्यक्ष असोक वैद्यले जानकारी दिनुभयो।।