Thursday, August 26, 2010
माओवादीको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रम सुरु
एकीकृत नेकपा माओवादीको बुधाबारदेखि राजधानीमा सुरु भएको केन्द्रिय समितिको बैठकमा पेस भएका तीन ओटा राजनितिक प्रतिवेदनमा शुक्रबारबाट सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । केहिबेर अगाडीबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा सदस्यहरुले बैठकमा प्रस्तुत भएका प्रतिवेदनमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ ।
केहिबेर अगाडीबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा सदस्यहरुले बैठकमा प्रस्तुत भएका प्रतिवेदनमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्षद्वय मोहन वैद्य र डा.बाबुराम भट्टराइले छुट्टाछुट्टै प्रतिवेदन पेस गर्नु भएको थियो । सबै केन्द्रिय सदस्यहरुले बैठकमा पेस भएका तीन ओटा प्रतिवेदन विहिबार पार्टी कार्यालयमा बसेर अध्ययन गरेका थिए ।
प्रतिवेदन सदस्यहरुलाई अध्ययन गर्नका लागि घर लैजान दिइएको थिएन । मुलुकको ३४ औ प्रधानमन्त्रीको उम्मेदवारीका विषयमा माओवादीमा विवाद देखिएपछि बैठकमा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका हुन । बैठकमा प्रतिवेदन प्रस्तुत कर्ताहरु आफ्नो प्रतिवेदन पास गराउन लविङ सुरु गरेको बताइएको छ । माओवादीमा पार्टी कसरी अगाडी बढ्ने भन्ने विषयमा आन्तरिक कलह रहदै आएको छ । केन्द्रिय समितिको बैठकमा छलफल गरेर साझा धारणा आउन नसकेपछि विस्तारित बैठकमा समेत छलफलमा लैजान सकिने माओवादीले बताएको छ ।