Friday, August 27, 2010
संविधान बनाउन नसक्ने सविधानसभा र प्रधानमन्त्री चुन्न नसक्ने संसद विघटन गर्नुपर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको जोड
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभा र व्यवस्थापिका संसद दुबै विघटन गरेर नयाँ जनादेशमा जानुपर्ने बताउनुभएको छ। राप्रपा नेपालको पश्चिमाञ्चल क्षेत्रीय सम्मेलनको शुक्रबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष थापाले संविधान बनाउन नसक्ने सविधानसभा र प्रधानमन्त्री चुन्न नसक्ने संसद विघटन गर्नुपर्नेमा जोड दिनुभयो।
पाँचपटकको प्रयासमा पनि प्रधानमन्त्री चयन हुन नसकेकाप्रति व्यङ्ग गर्दै थापाले भन्नुभयो– 'ड्राइभर होइन बाटो नै परिवर्तन गर्नुपर्छ'। प्रमुख दलहरु राजनीतिक समस्या समाधानको सट्टा सत्तालिप्सामा लागेकोले राष्ट्रिय संकट झनै चुलिदै गएको थापाको भनाइ थियो। अध्यक्ष थापाले राजतन्त्र पुर्नस्थापित नभएसम्म मुलुक स्वतन्त्र हुन नसक्ने दाबी समेत गर्नुभयो।।