Saturday, August 28, 2010
अनमिनले राष्ट्रसंघको सुरक्षा परिषदमा नेपालबारे गलत रिपोर्टिङ गरेको रक्षामन्त्री भण्डारीको आरोप
रक्षामन्त्री विद्या भण्डारीले नेपालमा अनमिनको औचित्य समाप्त भईसकेको बताउनुभएको छ। नेकपा एमाले काठमाडौं जिल्ला संगठन कमिटिले काठमाडौंमा शुक्रबार आयोजना गरेको महिला भेलामा मन्त्री भण्डारीले अनमिन माओवादी प्रवक्ता वनेको आरोप समेत लगाउनुभयो। राष्ट्रसंघको सुरक्षा परिषद्मा नेपालबारे गलत रिपोर्टिङ्ग गरेको, तथा नेपाली सेनाको नियमित काममा समेत वाधा सिर्जना गरेकोले उसलाई विदा गर्नु पर्ने उहाँको तर्क थियो। एमाले उपाध्यक्षसमेत रहनु भएकी मन्त्री भण्डारीले एमाले र माओवादीबीच गठवन्धन हुन नसक्ने दावी गर्नुभयो। उहाँले दुई दल मिलेर बहुमतको सरकार बनेपनि त्यसले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन नसक्ने वताउनुभयो। बाइस दलको गठवन्धन टुटे दुर्भाग्य हुने भन्दै मन्त्री भण्डारीले गठवन्धनलाई निरन्तरता दिई अगाडि बढ्नुपर्ने बताउनुभयो।।
