Sunday, August 29, 2010

नेपालस्थित भारतीय दूतावासले नेपाली सञ्चार माध्यमप्रति लगाएको आरोप कुटनीतिक मर्यादा विपरीत भएको सञ्चारसम्बद्ध विभिन्न व्यक्तिको टिप्पणी

डाबर नेपालद्वारा उत्पादित रियल जुसको विषयमा विभिन्न सञ्चार माध्यममा आएका खबरलाई लिएर नेपालस्थित भारतीय दूतावासले नेपाली सञ्चार माध्यमप्रति लगाएको आरोप कुटनीतिक मर्यादा विपरीत भएको सञ्चारसम्बद्ध विभिन्न व्यक्तिले टिप्पणी गरेका छन्। आज काठमाडौंमा आयोजित साक्षात्कारमा प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले भारतीय दूतावासले व्यापारीक शैलीमा प्रकासित, प्रसारित खबरको ख48डन गरेको भन्दै दूतावासको अभिव्यक्ति प्रेस स्वतन्त्रता र कुटनीतिक मर्यादा विपरीत रहेको बताउनुभयो। कार्यक्रममा ब्रोडकास्टिङ एसोशिएसन नेपालका अध्यक्ष विष्णुहरि ढकालले दूतावासको कदमले प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रकै अपमान गरेको बताउनुभयो। कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका कोषाध्यक्ष सुवास खतिवडाले भारतीय दूतावासले नेपाली प्रेसको उपहास गरेको बताउनुभयो। वक्ताहरुले यस घटनामा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका थिए।

Total Pageviews