Thursday, August 26, 2010
(जेएमसिसि)को बैठक वरिहष्कार गरेकोमा आपत्ति
संयुक्त अनुगमन समन्वय समितिको बैठकमा नेपाली सेनाका प्रतिनिधि अनुपस्थित भएको विषयलाई लिएर माओवादीद्वारा प्रमुख दलहरु र प्रधानमन्त्रीसँग छल
नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समिति (जेएमसिसि)को बैठक वरिहष्कार गरेकोमा आपत्ति जनाउँदै एकीकृत नेकपा माओवादीले अन्य दलसँग छलफल गर्दैछ। सिंहदरवारस्थित माओवादी संसदिय दलको कार्यालयमा बैठक जारी छ। जेएमसिसिमा अनमिन, सरकार, नेपाली सेना तथा माओवादी लडाकुका प्रतिनिधि रहने व्यवस्था छ। दुवै सेनाको भर्ना प्रकृयाका बिषयमा जेमसिसिको बैठकमा अनमिनले कुरा उठाइने भएपछि सेनाले बैठक वहिस्कार गरेको हो।
अनमिनले नेपाली सेना र माओवादी सेना दुबैले खोलेको भर्ना प्रकृया शान्तिसंझौता विपरित भएको बताउँदै आएको छ। यसैबीच प्रधानमन्त्रीसँग छलफल गर्न माओवादी शीर्ष नेतृत्व अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको छ।।