लोकप्रिय सामाजिक सञ्जाल सोसियल नेटवर्किङ साइट फेस बुकले सर्च इञ्जिन इन्टरनेट एक्सप्लोरर सिक्सबाट हुने च्याट सेवा आगामी भदौ तीस देखि बन्द गरिने जानकारी दिएको छ। यद्यपी इन्टरनेट एक्सप्लोररको अन्य अपडेटेड भर्सन र अन्य ब्राउजरबाट भने फेसबुक च्याटमा कुनै असर पर्ने छैन। फेस बुक च्याटमा, कुरा गर्दा गर्दै अफलाइन हुने र सन्देश प्रवाह नहुने जस्ता विभिन्न समस्या देखिइरहेको समयमा फेसबुकले त्यसमा सुधार गर्न भन्दै इन्टरनेट एक्सप्लोररको भर्सन सिक्सबाट हुने च्याट बन्द गर्न लागेको जनाएको छ। विश्वभरका इन्टरनेट प्रयोगकर्ता बीच इन्टरनेट एक्सप्लोरर भर्सन सिक्स दोस्रो सबैभन्दा बढी प्रयोग हुने इन्टरनेट सर्च इञ्जिन हो। हाल विश्वका इन्टरनेट प्रयोगकर्ता मध्ये सत्र प्रतिशतले सोही भर्सनको इन्टरनेट एक्सप्लोरर प्रयोग गर्ने गर्छन्। फेसबुकले प्रयोगकर्ताहरुलाई आफ्नो ब्राउजर सर्भिस अपडेट गरेर आफ्नो च्याट सेवा कायम राख्न सुझाव दिएको छ । फेसबुक हाल विश्वको सबैभन्दा बढी मानिसले प्रयोग गर्ने सामाजिक सन्जाल साइट हो। हालसम्म विश्वका करिव पचास करोड मानिसहरु फेसबुकमा दर्ता भैसकेका छ्न्।