Monday, August 23, 2010
फिलिपिन्समा भएको बस बन्धक प्रकरण अन्त्य
फिलिपिन्सको राजधानी मनिलामा पुनर्वहालीको माग गर्दै पर्यटक चड्ने बस नियन्त्रणमा लिएको अपदस्त प्रहरी अधिकारीले माग पुरा नभएपछि बसमा रहेका अधिकाँश पर्यटकको हत्या गरेको छ। यस अघि बसमा रहेका तीन वाल–वालिका सहित नौ जनालाई शकुशल मुक्त गरिएको थियो। बस नियन्त्रणमा लिएको दश घ48टा सम्म प्रहरी र सो ब्यक्तीबीच वार्ता प्रयास भएपनि अन्त्यमा बसमा रहेका हङकङका पर्यटकहरुको हत्या भएको पुष्टी सो बसका ड्राइभरलाई उद्धृत गर्र्दै मनिला प्रहरीले गरेको छ। अपुष्ट समाचारमा बसलाई प्रहरीले नियन्त्रणमा लिएपछि बसमा बन्धक बनाइएका कम्तिमा चार जना जिवितै फेला परेको बताइएको छ। प्रहरी कठिन प्रयास पछि बसमा प्रवेश गर्न सफल भएको थियो। प्रहरी सेवामा इन्स्पेक्टर पदमा रहेको भनिएको रोनाल्डो मेन्दोजा नामक सो ब्यक्तीले आफ्नो साथमा एम आइ सिक्स्टिन राइफल बोकेर बसलाई नियन्त्रणमा लिएको थियो। रोनाल्डो, सन् दुई हजार आठमा मनिलामा डकैती गरेको तथा होटल मालिकलाई धम्क्याएको आरोपमा अपदस्त गरिएका पाँच प्रहरी मध्ये एक भएको अधिकारीहरुले बताएका छन्।