एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले प्राप्त उपलव्धी संस्थागत हुन नदिन षडयन्त्र भईरहेको दावी गर्नुभएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा नेकपा एमालेबाट माओवादीमा प्रवेश गरेका नेताहरुको स्वागत कार्यक्रममा वैद्यले देशलाई यथास्थितिमा राख्ने र राष्ट्रपति शासन लागु हुन सक्ने आशंका बढ्दै गएको बताउनुभयो। एमालेबाट माओवादीमा प्रवेश गरेका नवप्रवेशीहरुले एमाले दक्षिणपन्थी गठवन्धनतर्फ लागेकाले पार्टी त्याग गरेको बताए। नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनका एघार जना नेता पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेका हुन्।।