Thursday, June 18, 2009
मन्त्रिपरिषद्को निर्णयमा माओवादी आपत्ती
एकिकृत नेकपा माओवादीले बिहीबार सरकारले प्रधानसेनापति कारवाही सम्बन्धमा गरेको निर्णयप्रति आपत्ती जनाउँदै सरकार विरुद्ध कडा संघर्ष गर्ने भएको छ। शुक्रबार बिहान सिंहदरबारमा बसेको संसदीय बोर्ड बैठकमा बिहीबार मन्त्रीपरिषद्ले गरेको निर्णयप्रति माओवादी नेताहरुले कडा आपत्ति जनाएका हुन्। बैठकमा जननिर्वाचित सरकारको निर्णय उल्ट्याउने काम भएको भन्दै वरिष्ठ नेताहरुले यसप्रति खेद जनाएका छन्। माओवादीले विरोधका कार्यक्रम छिट्टै ल्याउने भएको एक माओवादी नेताले बताए। नयाँ संविधानमा समेटिने विषयको खाकाबारे अवधारणा बनाउन संविधानसभामा सबैभन्दा ठूलो दल माओवादी संसदीय बोर्डको बैठक बसिरहेको छ।