Thursday, June 4, 2009

सुजाताबाहेकका मन्त्रीहरुको मन्त्रालय तोक्न बाँकी

प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कंग्रेसका ६, मधेशी जनअधिकार फोरम १ र नेकपा मालेका १ सदस्यलाई थप गरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिपद् विस्तारमा फोरम स‌ंसदीय दलका नेता बिजयकुमार गच्छदारलाई उप प्रधानमन्त्रि तथा भौतिक योजना तथा निर्माणको जिम्मेवारी दिएको छ । राष्ट्रपति निवासमा बिहीबार साँझ आयोजित एक कार्यक्रममा नव नियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री नेपालले सपथ गराए । नेपाली कांग्रेसको नेतृत्व गर्दै सुजाता कोइरालाले परराष्ट्र मन्त्रीको रुपमा शपथ लिएकी छन्। कांग्रेसका पाँच मन्त्री र मालेका एक गरि ६ मन्त्रीको जिम्मेवारी तोक्न बाँकी छ ।

मन्त्रालय नतोकिएका मन्त्रीहरुमा मिनेन्द्र रिजाल, प्रकाशशरण महत, बालकृष्ण खाँड, उमाकान्त चौधरी र पूर्णकुमार शेर्मा तथा मालेका डम्बर श्रेष्ठ छन् ।

यसअघि नेकपा एमालेले भने बिहीबार पनि आफ्ना तर्फबाट जान मन्त्रीहरुको टुंगो लगाउन सकेन।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार बिहीबार राति ८ बजे राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम हुने जानकारी दिएका थिए। प्रधानमन्त्रीका तर्फबाट साँझ सात बजेको समय माग भए पनि राष्ट्रपति कार्यालयले सपथ ग्रहणको समय ८ बजेलाई दिएको हो।

एमालेले पार्टी कार्यालय वल्खुमा मधेशी जनअधिकार फोरमका नेता विजय गच्छदारसँग छलफलपछि पन्तले उक्त जानकारी दिएका हुन्।

प्रधानमन्त्री नेपाल निकट स्रोतका अनुसार बिहीबार दोस्रो चरणको मन्त्रिपरिषद्‍ विस्तार हो भने यसपछि फेरि अन्य साना दलहरुलाई समेटेर अर्को चरणको मन्त्रिपरिषद्‍ विस्तार हुने छ।

एमाले सचिव शंकर पोख्रेलले सबै दलबाट मन्त्रीहरुका नाम आइनसकेकाले पार्टीको तर्फबाट जाने मन्त्रीहरुको नाममा बिहीबार पनि टुंगो नलागेको बताए। उनले तेस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा एमालेबाट सरकारमा जाने थप मन्त्रीहरुको टुंगो लाग्ने जानकारी दिए।

Total Pageviews