एमालेको नेतृत्वमा बनेको सरकारमा कसको नेतृत्वमा प्रतिनिधित्व गर्ने भन्ने विषयमा अन्तिम टुंगो लागाउन बसेको नेपाली कांग्रेस केन्द्रीय कमिटीको बैठक शुक्रबार बिना निष्कर्ष टुंगिएको छ।
यसअघि कांग्रेसमा कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पटक पटक शीर्ष नेताहरु कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग छलफल गदै आएका थिए।
यस विषयमा कुनै टुंग्ने लाग्न नसकेपछि कांग्रेसले शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाएको भए पनि सरकारमा जाने प्रमुख नेतृत्वका विषयमा कुरा नमिलेपछि बैठक बिना निष्कर्ष टुंगिएको एक केन्द्रीय सदस्यले बताए।
उनका अनुसार कांग्रेसमा अहिलेसम्म सभापति कोइरालाको हालीमुहाली भएको भन्दै धेरै जसो केन्द्रीय सदस्यले आपत्ति जनाएपछि बैठक बिना निष्कर्ष टुंगिएको हो।
केन्द्रीय सदस्य लक्ष्मण घिमिरेका अनुसार बैठक शनिवार बिहान पुनः बस्ने छ।