एमालेका पूर्व सांसद एवं अर्थबिद डा. डिल्लीराज खनाल आफ्ना समर्थक सहित एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । अहिलेको प्रतिगमनकारी गठवन्धन सरकारप्रति असहमति जाहेर गरेको भन्दै खनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
राजधानीमा एक कार्यक्रमको आयोजना गरी माओवादी अध्यक्ष प्रचण्डले खनालसहितका कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा वोल्दै खनालले आफु माओवादीले थालेको जनयुद्धप्रति असहमत रहेपनि उसले शान्तिपूर्ण राजनीतिमा खेलेको भूमिकाप्रति सकरात्मक भएकाले माओवादीमा प्रवेश गरेको बताउनुभयो ।
खनाल यसअघि एमाले कोटामा राष्ट्रिय योजना आयोगका सदस्य रहेका थिए भने पछिल्लो संबिधानसभा चुनावमा अर्घाखाँचीबाट पराजीत भएका थिए ।