Sunday, October 9, 2011
न्यूयोर्क पुलिसद्धारा जाली काम गर्दै आएको एक समूह पक्राउ
न्यूयोर्क पुलिसले विभिन्न कम्पनी तथा मानिसहरुको निजी दस्तावेजहरु चोरेर अन्तर्राष्ट्रिय रुपमा नै जाली काम गर्दै आएको एक समूहलाई पक्राउ गरेको जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सो समूहले विभिन्न कम्पनी तथा मानिसहरुको निजी दस्तावेज मार्फत क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न काम गर्दै ठगीको कार्य गरेको थियो। पछिल्लो १६ महिना यता न्यूयोर्क लगायतका ठूला ठूला शहरमा सो समूहले अर्काको जाली त्रे्कडिट कार्ड बनाएर रकम निकाल्ने र सोही कार्डमार्फत महंगा सामान खरिद गर्ने गरेको बताइएको छ। न्यूयोर्क प्रहरीले यस्तो कारोबारमा संलग्न ८६ जनालाई पक्राउ गरेको बताएको छ।