माधवकुमार नेपाल
नेपालमा सामन्तवाद र साम्राज्यवादको जरो उच्छेद गर्नका लागि सामाजिक न्यायमा आधारित प्रगतिशील सामाजिक व्यवस्था स्थापना गर्नका लागि तथा समाजवाद र साम्यवादको दिशामा नेपाली समाजलाई अगाडि बढाउनका लागि हाम्रा अग्रजहरूले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्ने अत्यन्तै महत्वपूर्ण काम सम्पन्न गर्नुभयो । यो हामी सबैका निम्ति अत्यन्तै गौरवको कुरा हो भन्ने म ठान्दछु । भारतको पश्चिम बङ्गालको कलकत्ताको श्यामबजारमा अवस्थित एउटा घरको कोठामा ६१ वर्षअघि आजैका दिन पार्टी स्थापना भएको थियो । केही वर्षपहिला मैले त्यहा“ पुग्ने अवसर प्राप्त गरेको थिए“ । त्यस घरलाई एउटा महत्वपूर्ण थलोका रूपमा कायम राख्नका लागि हाम्रो पार्टीका तर्फबाट केही पहल भइरहेको छ । इतिहासको त्यो महत्वपूर्ण चिनोलाई हामीले जोगाएर राख्नु आवश्यक पनि छ । कमरेड पुष्पलाल, जसले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो, यस अवसरमा उहा“ र अग्रज नेताहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु ।
नेपालमा माक्र्सवाद र लेनिनवादलाई सिर्जनात्मक रूपमा लागू गर्ने दौरानमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी आज नेपाली राजनीतिको एउटा अभिन्न अङ्गमात्रै होइन, नेपालीे राजनीतिको महत्वपूर्ण शक्तिका रूपमा उदाएको छ । विश्वका कतिपय देशहरूमा कम्युनिस्ट आन्दोलन ओरालो लागिरहेको र कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खाइरहेको अवस्थामा पनि नेपालमा यो लोकप्रिय भएको छ । नेपाली जनतालाई कम्युनिस्ट भएकोमा गौरवबोध हुने गर्दछ । यो पक्षलाई हामीले सही रूपमा बुझ्दै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएर लैजाने अठोट बोकेर हामीले आजको दिनमा सङ्कल्प गर्नुपर्दछ । धेरै व्यक्तिहरू कम्युनिस्ट आन्दोलनमा आबद्ध भए, अग्रपङ्क्तिमा देखापरे र समयक्रममा उनीहरू कम्युनिस्ट आन्दोलन परित्याग गरेर पनि गए । तर, कम्युनिस्ट आन्दोलन लगातार रूपमा अगाडि बढिरहेको छ । यसलाई हामीले किमार्थ पनि विसर्जनको दिशामा जान दिनुहु“दैन र कमजोर बनाउनुहु“दैन, बरू अझै सशक्त र प्रभावकारी बनाएर नेपाली जनताको मुक्ति आन्दोलनको अगुवाइ गर्ने काममा हामीले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । यो महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारी नेकपा (एमाले)को का“धमा आएको छ । जुनसुकै देशमा पनि कम्युनिस्ट आन्दोलनले माक्र्सवाद र गैरमाक्र्सवादी विचारका बीचमा सङ्घर्ष गरेर, उग्रवामपन्थी र दक्षिणपन्थी भड्कावका विरुद्ध सङ्घर्ष गरेर मात्रै अगाडि बढेको छ । हाम्रो देशमा पनि उग्रवामपन्थतालाई पराजित गरेर, दक्षिणपन्थी आत्मसर्पणवाद र विसर्जनवादलाई पराजित गरेर नै कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दछ । यो दृष्टिकोणलाई आत्मसात् गर्न सकियो भने मात्रै हामीले कम्युनिस्ट आन्दोलनको हिमायती भएको दाबा गर्न उपयुक्त हुन्छ । तर, उग्रवामपन्थीका अगाडि आत्मसमर्पण गर्ने हो र दक्षिणपन्थीहरूको पुच्छर बनेर जाने हो भने कम्युनिस्ट भनेर दाबा गर्नुको कुनै अर्थ रह“दैन । एकादेशको कम्युनिस्ट भन्न सकिएला, भूतपूर्व कम्युनिस्टको नाम लिन सकिएला तर सा“चो अर्थमा उसले आफूलाई कम्युनिस्ट भनेर दाबा गर्ने स्थिति बन्दैन । नेकपा (एमाले) भनेर दाबा गर्ने त कुनै ठाउ“ रह“दैन । नेकपा (एमाले) हुनका लागि एमालेको विचार, सिद्धान्त, सङ्गठन र हितलाई केन्द्रमा राखेर चल्नुपर्दछ । अरू पार्टीको विचार बोकेर, अरू पार्टीको प्रवक्ता भएर, अरू पार्टीको हितमा चलेर नेकपा(एमाले)को हितरक्षा हुन सक्दैन । त्यसकारण पार्टीलाई जोगाएर लैजाने काममा हामी प्रत्येक व्यक्तिको महत्वपूर्ण भूमिका रहेको छ । आज पनि हाम्रो पार्टीका सामु ठूलो सङ्कट खडा भइरहेको छ । हामी नेकपा (एमाले)को प्रवक्ता बनिरहेका छौं कि अरू कुनै पार्टीको प्रवक्ता बनिरहेका छौं ?
अवश्य पनि हामीले राष्ट्रको चिन्ता गर्नैपर्छ । चिन्ता गर्ने नै कम्युनिस्टहरूले हो, देशभक्तहरूले हो । कम्युनिस्टहरू नै सच्चा देशभक्त हुन्छन् । यस अर्थमा पनि हामीले राष्ट्रलाई बचाउने र सुदृढ गर्ने जिम्मेवारी नेकपा (एमाले)का नेता र कार्यकर्ताहरूको हुनुपर्छ । यसरी नै जनताको हितको रक्षा गर्ने जिम्मेवारी पनि कम्युनिस्टहरूले नै लिनुपर्छ । त्यसैले नेकपा (एमाले)का नेता र कार्यकर्ताहरूले नेपाली जनताको आधारभूत हितको रक्षा गर्नुपर्छ । राष्ट्र र जनताको स्वार्थका सामु अरू सबै स्वार्थ गौण हुन्छन् । तर, राष्ट्र र जनताको स्वार्थरक्षा गर्नका लागि सही पार्टी चाहिन्छ । त्यसका सही लाइन र सही कार्यदिशा एमालेले लिएको छ । गलत कार्यदिशा समात्यो भने त्यो पार्टी विघटन र समाप्तिको दिशामा जान्छ । सही कार्यदिशामा अगाडि बढ्यो भने त्यो पार्टी अनेकौं उतारचढावका बाबजुद पनि अगाडि बढ्छ र सफलताको शिखरमा पुगिछाड्छ । त्यसैले यो महत्वपूर्ण पक्षलाई कसैले पनि बिर्सिनुहु“दैन भन्ने कुरालाई म कमरेडहरूसमक्ष विनम्र अनुरोध गर्न चाहन्छु । त्यसैले देशलाई बर्बादीबाट जोगाउनका लागि हामीले गर्नुपर्ने कुरा के हो ? आज देशलाई बर्बादीको दिशामा पु¥याउने कुनकुन शक्ति हुन् ? महत्वपूर्ण खतरा कहा“बाट छ ? दुई खालका शक्ति छन्– एउटा प्रतिगामी शक्ति, जो इतिहासका पाङ्ग्रालाई पछाडि धकेल्न चाहन्छन् । उनीहरूले अहिले शीर उठाउन खोजिरहेका छन् । उनीहरूका तमाम आकाङ्क्षाहरू र अभिलाषाहरूलाई विफल पार्नुपर्छ । सा“च्चै भन्ने हो भने यी शक्तिहरूले टाउको उठाउनुका पछाडिको कारण उग्रवामपन्थता हो । उग्रवामपन्थीहरूले उचालेर कहिले सांस्कृतिक राजा चाहिन्छ भने, कहिले सांस्कृतिक अधिकार दिन सकिन्छ भने र कहिले भित्रभित्रै भेटघाट गरे अनि कहिले राष्ट्रियताका लागि स“गै जान सकिन्छ भनेर तिनै प्रतिगामी शक्तिहरूलाई हौस्याउने काम गरेका हुन् । यसका बाबजुद पनि अब प्रतिगामीहरूको कुनै भविष्य छैन । इतिहासको चक्र पछाडि फर्कन सक्दैन । जसले जतिसुकै कोसिस गरोस्, त्यसलाई विफल पार्नुपर्छ, पारिन्छ । तर, प्रतिगामीहरूको हौवा मच्चाएर उग्रवामपन्थीहरूको स्वार्थरक्षा गर्ने काम गर्नुहु“दैन । उग्रवामपन्थी अतिवादीहरूले कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्ने काम गरिरहेका छन् । नेपालमा प्राप्त भएका उपलब्धिहरूलाई धरासायी बनाउन खोजिरहेका छन् । उनीहरूका गलत र बितण्डापूर्ण क्रियाकलापहरूले आन्दोलनले हासिल गरेका उपलब्धिहरू गुम्ने त होइनन् भन्ने प्रश्न खडा भएको छ । त्यसकारण उग्रवामपन्थ, जसले कम्बोडियाको बेहाल गरिदियो, त्यहा“को कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाइदियो, आज त्यहा“ कम्युनिस्ट भनेर कोही अगाडि सर्न तयार छैनन् । त्यहा“ कसैले आफूलाई गौरवका साथ कम्युनिस्ट भनेर प्रस्तुत गर्न चाह“दैन । त्यति विकसित रूपमा अगाडि बढेको कम्युनिस्ट आन्दोलन समाप्त पार्ने अरू कोही होइन, उग्रवामपन्थीहरू हुन् । तिनै उग्रवामपन्थीका हिमायतीहरू हाम्रो देशमा पनि रहेका छन् । उनीहरूको उग्रवामपन्थतामा सुधार भयो र रूपान्तर भयो भने नेपालको कम्युनिस्ट आन्दोलनको हित हुन्छ । त्यसैले हामीले उनीहरूलाई रूपान्तरण गर्न कोसिस गरिरहेका छौं । उनीहरूलाई सुधार गर्नका लागि लागेको लाग्यै छौं । जतिसुकै प्रहार गरे पनि त्यसलाई सहेर हामी उनीहरूमा परिवर्तनको अपेक्षा गर्दै अगाडि बढिरहेका छौं । हुन त गधालाई धोएर गाई बन्दैन भन्नेहरू पनि छन् । तर, म अझै पनि कोसिस गर्नुपर्छ भन्ने पक्षमा छु । हरेस खानुहु“दैन, कोसिस जारी राख्नुपर्छ । त्यहा“भित्र पनि सही विचार राख्ने मान्छेहरू छन् । सही विचार राख्नेहरू देखा पर्न सक्छन्, उनीहरू क्रमशः रूपान्तर भएर जान सक्छन् । त्यसकारण अझै धैर्यका साथ उनीहरूभित्र हामीले गम्भीर वैचारिक काम गर्नुपर्छ । गलत विचारलाई सशक्त रूपमा खण्डन गर्नुपर्छ । उनीहरूका विद्रोह र सत्ताकब्जाका विचारहरू, एकदलीय तानाशाही विचारहरूजस्ता तमाम विचारहरू, जसले कम्युनिस्ट आन्दोलनलाई बद्नाम गर्नसक्छ, कम्युनिस्ट आन्दोलनमाथि लाग्ने गरेको आरोपको पुष्टि गर्ने काम गर्छ । हामी सबैले ती कुराको सशक्त र प्रभावकारी रूपमा आलोचना गर्नुपर्छ ।
मलाई खुसी लाग्छ, हिजोसम्म नेकपा (माओवादी) व्यक्तिको पुच्छर बनेको थियो तर बिस्तारै प्रचण्डपथबाट आफूलाई मुक्त गर्न खोजिरहेको छ । सामन्तवादको अवशेष थियो त्यो प्रचण्डपथ । त्यस्तो एकाधिकारवादी र सामन्तवादी चिन्तन गलत हो भन्दै त्यही पार्टीभित्र तीव्र वैचारिक सङ्घर्ष चल्यो । फलस्वरूप प्रचण्डपथलाई अहिले उनीहरूले त्यत्तिकै थाती राखेका छन् । उनीहरूका दस्तावेजमा केकस्ता गलत नीतिहरू छन्, त्यसका बारेमा हामीले सही रूपमा जनतालाई सूचित गर्नुपर्छ । माओवादीका कार्यकर्ताहरूस“ग वैचारिक सङ्घर्ष गर्दा ती पक्षहरू सशक्त रूपमा राख्नु पनि पर्छ । हामीस“ग माओवादीका विचारको विश्लेषण गर्ने माक्र्सवाद र लेनिनवादस“गै जनताको बहुदलीय जनवाद छ । कमरेड मदन भण्डारीले अगाडि सार्नुभएको जनताको बहुदलीय जनवादको प्रकाशमा माओवादीका उग्रवामपन्थी विचारहरू कहा“–कहा“ अभिव्यक्त भएका छन्, ती सबैको विश्लेषण गर्दै चिरफार गर्नुपर्छ । उग्रवामपन्थी प्रवृत्तिविरुद्ध जबसम्म सशक्त र प्रभावकारी रूपमा वैचारिक सङ्घर्ष गरिंदैन, तबसम्म माओवादीमा सुधार हुनेवाला छैन । माओवादीको चाकरी–चाप्लुसी गरेर, माओवादी रिसाउ“छ कि भन्दै उसको वरिपरि चक्कर लगाएर उनीहरूमा सुधार हुनेवाला छैन । उग्रवामपन्थता बालरोग हो । कमरेड लेनिनले पनि यसलाई बालरोग र बालहठ भन्नुभएको छ । यसका विरुद्ध जबर्जस्त वैचारिक सङ्घर्ष गर्नुपर्छ । हामी माओवादीलाई अलग्याउन चाह“दैनौं । माओवादी र गैरमाओवादी कित्तामा देश जाओस् भन्ने पनि हामी चाह“दैना“ै । जुन माओवादीलाई जङ्गलबाट तानेर यहा“ ल्यायौं, माओवादीले लखनौको त्यो घरमा मेरो हात समातेको म अहिले पनि सम्झिरहेको छु । तपाईंले हामीलाई जोगाइदिनुस्, बचाइदिनुस्, हामी समाप्त हुने भयौं, उनीहरूले भनेका थिए । मस“ग कमरेड युवराज ज्ञवाली पनि हुनुहुन्थ्यो । बाबुराम भट्टराई र प्रचण्ड दुवै भएको त्यस ठाउ“मा प्रचण्डले त्यसका निम्ति तपाईंले पहल गरिदिनुप¥यो भनेको मैले अझै बिर्सेको छैन । त्यो कुरा मेरो कानमा अझै गुन्जिरहेको छ । त्यतिबेलाको दृश्य मेरो मानसपटलमा अहिले पनि प्रकट भइरहेको छ । त्यसकारण हामीले त्यतिबेला खेलेको भूमिका बिर्सन चाह“दैनौं, बरु सुधार्न चाहन्छौं । जिम्मेवार भएर नेकपा (एमाले)ले अझै पनि त्यो भूमिका खेल्नुपर्छ । नेपाली काङ्ग्रेसले खेल्न सक्दैन, अरू पार्टीबाट अपेक्षा गर्न सकिंदैन । तर, हाम्रो ‘पोजिसन’मा दृढताका साथ उभिएर, आफ्ना मान्यतामा प्रस्ट भएर मात्रै माओवादीलाई रूपान्तरण गर्न सकिन्छ । आफैंलाई उसैस“ग विलीन गराएर, आफ्नो अस्तित्वलाई मेटाएर, आफ्नो भूमिकालाई समाप्त पारेर रूपान्तरण गर्न सकिंदैन । विलयको नीति अपनाउ“दा दोस्रो विश्वयुद्ध भएको थियो । त्यसकारण गलत प्रवृत्ति, गलत विचार र गलत आचरणस“ग आत्मसमर्पण गरेर होइन, त्यसका विरुद्ध सशक्त सङ्घर्ष गरेर मात्रै उनीहरूमा परिवर्तन ल्याउन सकिन्छ ।
फोहोर तपाईंहरूका सामु जम्मा भएर बसेको छ भने तपाईंहरूको सदिच्छाले फोहोर हट्नेवाला छैन । तपाईंको सानो प्रयासले पनि हट्ने छैन । यदि लामो समयदेखि फोहोर जम्मा भएको छ भने तपाईंले त्यत्तिकै बलियो कुचोको प्रयोग गर्नुपर्छ र रगडी–रगडी सफा गर्नुपर्छ । माओवादीको दिमागमा पनि त्यत्तिकै फोहोर जम्मा भएको छ । उग्रवामपन्थी फोहोर थाकका थाक छन् । त्यसका विरुद्ध जबर्जस्त, सशक्त र प्रभावकारी सङ्घर्ष सञ्चालन गर्नुपर्ने आवश्यकता छ । अवश्य, अहिलेको राजनीतिक परिप्रेक्ष्यमा माओवादीस“गको सम्बन्धलाई परिभाषित गर्नु जरुरी छ ।
वास्तवमा देशको अवस्था गम्भीर छ । हामीले अत्यन्तै महत्वपूर्ण ऐतिहासिक काम यसबीचमा सम्पन्न गरेका छौं । २ सय ४० वर्ष मात्रै होइन, २ हजार वर्ष पुरानो सामन्तवादको प्रतिनिधिमूलक संस्था राजतन्त्रलाई धराशायी बनाएका छौं । यो सानोतिनो उपलब्धि होइन, हामीले गणतन्त्रको नया“ युगमा नेपाललाई पु¥याएका छौं । तर, अहिले राजतन्त्रले फेरि टाउको उठाउन खोजिरहेको छ । हामी सबै मिलेर, एकताबद्ध भएर प्रतिगामी षड्यन्त्र विफल पार्नुपर्छ । त्यसकारण गणतन्त्रको उपलब्धिलाई जोगाउनुपर्छ, संस्थागत गर्नुपर्छ, एकात्मक राज्यको स्वरूपलाई सङ्घात्मक स्वरूपमा परिणत गर्नुपर्छ । हामीले सामन्तवादका सबै अवशेषलाई समाप्त गर्नुछ र सा“चो अर्थमा सामाजिक, आर्थिक रूपान्तरणका कार्यभारहरू पूरा गर्नुपर्छ । त्यसैले नया“ संविधान निर्माण गरेर ती काम सम्पन्न गर्नुपर्ने हाम्रो मूल दायित्व बा“की नै छ । महासचिव कमरेड ईश्वर पोखरेलले भनिसक्नुभएको छ, शान्ति प्रक्रिया र संविधान निर्माण एउटै सिक्काका दुई पाटा हुन् । वास्तवमा एउटा सिक्काको दुईवटा पाटा नहुनुपर्ने हो । किनभने शान्ति प्रक्रिया त विगतको अवशेष मात्रै हो । संविधान निर्माण हामी सबैको साझा सरोकारको विषय हो । त्यसकारण माओवादी नागरिक पार्टीमा रूपान्तरण हुने विषयलाई संविधान निर्माणस“ग जोड्नुपर्ने कुनै आवश्यकता थिएन । नेपाली जनताको युगीन चाहना पूरा गर्न, नेपाली समाजमा आमुल परिवर्तनको योजनालाई, नीति र कार्यक्रमलाई लागू गर्नका लागि हामीस“ग राजनीतिक र कानुनी दस्तावेजको आवश्यकता पर्छ । संविधान निर्माण गरेर सबै कुरालाई संस्थागत गर्नुपर्छ । त्यसकारण शान्ति प्रक्रियाका विषयमा त माओवादीले कुनै कचकच नै गर्नुनपर्ने हो । चुनाव भएको छ महिनाभित्र माओवादीका लडाकुहरूको समायोजन र पुनःस्थापना भइसक्नेछ, शान्ति प्रक्रियाका बा“की जम्मै काम पूरा गरिनेछन् र दुई वर्षभित्रै संविधान लेख्ने काम सम्पन्न गरेर घोषणा गरिनेछ भन्ने सहमति भइसकेको हो । वास्तवमा शान्ति प्रक्रियामा कहा“ त्रुटि रह्यो समीक्षा गर्नुपर्ने आवश्यकता छ । तर, म अहिले ती सबै विषयमा प्रवेश गर्न चाहन्न ।
जहा“सम्म संविधान निर्माण गर्ने कुरा छ, कतिपय विषयहरू त हामीले टुङ्गो लगाइसकेका पनि छौं । तर, कतिपय विषयहरूबारे टुङ्गो लगाउन बा“की छ । फरक विचारहरूलाई हामीले कसरी सहमतिमा टुंग्याउने ठूलो चुनौती छ । यी विचारहरूमध्ये कतिपय विषयहरू अस्वीकार्य छन् । जस्तै ः न्यायपालिकालाई व्यवस्थापिकाको मातहतमा राख्ने विचार लोकतान्त्रिक राज्यप्रणाली र लोकतान्त्रिक मूल्य र मान्यतास“ग मेल नखाने विचार हो । हामी स्वतन्त्र न्यायपालिकाको पक्षमा छौं । नेपालको इतिहासलाई हेर्ने हो भने न्यायपालिकालाई विभाजित गर्नसक्ने स्थितिलाई समेत ध्यानमा राखेर हामी त्यसको स्वतन्त्रतालाई, पवित्रतालाई, निष्पक्षतालाई कसरी सुनिश्चित गर्ने विषयमा अझै छलफल गर्नसक्छौं । तर, न्यायपालिकालाई कुनै अर्को अङ्गको मातहतमा राख्न चाह“दैनौं । राज्यका महत्वपूर्ण अङ्गहरू न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाबीच नियन्त्रण र सन्तुलनको परिपाटी, जसलाई जनताको बहुदलीय जनवादले अगाडि सारेको छ, त्यसलाई हामी परित्याग गरेर माओवादीस“ग सहमत हुन सक्दैनौं । हामी बहुलताको विचार बहुराजनीतिको प्रतिबद्धता व्यक्त गर्दछौं । माओवादी बहुदलीय प्रतिस्पर्धा त भन्छन् तर बहुलता स्वीकार गर्दैनौं भन्छन् । के हो त्यो भनेको ? बहुलता भनेको बहुविचार हो । बहुविचारलाई स्वीकार नगर्ने ? बहुलता भनेको बहुमान्यता हो । यो मान्यतालाई अस्वीर गर्ने ? बहुलता भनेको बहुसङ्गठन हो के यसलाई अस्वीकार गर्ने । सङ्गठन बहुविचारको जगमा बन्दछ । विचारै नभएको सङ्गठनको कुनै अर्थ हु“दैन । फरक विचार भएको सङ्गठनलाई स्वतन्त्रताका साथ काम गर्ने अधिकार दिने कि नदिने ? माओवादीस“ग यस सवालमै हाम्रो ठूलो मतभिन्नता छ । हामी जनताको बहुदलीय जनवादलाई मान्नेहरू माओवादीका ती गलत विचारका पछि लागेर सती जान सक्दैनौं । तेस्रो कुरा, सङ्घीय संरचना । यसबारेमा माओवादीको एउटा विचार छ, हाम्रो अर्को छ, अरू पार्टीका अरू होलान् । यसमा कसरी सामञ्जस्यता ल्याउने भन्ने विषयमा बसेर छलफल गरेर सहमतिमा पुग्नु राम्रो हुन्छ । सहमति कसरी गर्ने भन्ने विषयमा एउटा विधि पनि तय गर्न सकिन्छ ।
शासकीय स्वरूपका बारेमा पनि हाम्रो, माओवादीको र अन्य पार्टीहरूको फरक–फरक मान्यताहरू छन् । मिल्नसक्ने कुराहरू के छन् ? हामीले पनि कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भन्छौं, काङ्ग्रेसले पनि कार्यकारी अधिकार प्रधानमन्त्रीमै रहनुपर्छ भन्छ । यो विचारमा सामञ्जस्यता छ । माओवादी कार्यकारी अधिकार राष्ट्रपतिमा हुनुपर्छ भन्छ, त्यसैले ऊस“ग हाम्रो सामञ्जस्यता छैन । हामी पनि भन्छौं, राष्ट्रपति संवैधानिक हुनुपर्छ र काङ्ग्रेस पनि त्यही भन्छ । माओवादी प्रधानमन्त्री र राष्ट्रपति दुवै भए पनि कार्यकारी अधिकार राष्ट्रपतिलाई दिनुपर्छ भन्छ । त्यसकारण माओवादीस“ग हाम्रो सहमति छैन । हाम्रो र काङ्ग्रेसबीच एउटा भिन्नता छ, काङ्ग्रेस संसद्बाट चुनिएको प्रधानमन्त्रीको पक्षमा छ, हामी प्रत्यक्ष निर्वाचन पद्दतिबाट प्रधानमन्त्रीको निर्वाचन हुनुपर्छ भन्ने पक्षमा छौं । अब कसरी सामञ्जस्यता खोज्ने ? यसबारेमा सहमति खोज्न सकिन्छ । भर्खरै एकहप्ता पनि बितेको छैन, तपाईंहरूलाई थाहा छ– पाकिस्तानमा सबै कार्यकारी अधिकार भएको राष्ट्रपतिको अधिकार कटौती गरिएको छ । अहिले उनले आफ्ना सबै कार्यकारी अधिकार प्रधानमन्त्रीको हातमा सुम्पिएका छन् । किनभने राष्ट्रपति अधिनायकवादी ढङ्गले चल्ने गरेको अनुभवका आधारमा उनीहरूले फेरि अधिकार प्रधानमन्त्रीको हातमा दिने निर्णयमा पुगेका हुन् । यस्तै, अनुभव पाकिस्तानको मात्रै होइन, इजरायलको पनि छ । फिलिपन्समा चलिरहेको विवादको अनुभवको अर्को पक्ष छ । संसारको थुप्रै देशको अनुभवका आधारमा हामीले पनि एउटा धारणा बनाउनुपर्छ । पार्टीहरूका बीचमा संविधानका यी असहमतिका विषयहरूमा गम्भीर रूपमा अहिलेसम्म छलफल चल्नसकेको छैन । मोटो रूपमा मात्रै चलेको छ । त्यसैले अब गम्भीर छलफल जरुरी छ ।
जहा“सम्म शान्ति प्रक्रियाको प्रश्न छ, यसका बारेमा सबै कुराको जड माओवादीको ‘क्यान्टोनमेन्ट’मा भएको निजी सेना हो । लोकतान्त्रिक व्यवस्थामा कुनै पार्टीको निजी सेना रहन पाउ“छ ? समयोजन र पुनःस्थापनाको जिम्मेवारीबोध नै छैन । वाईसीएलको अर्धसैन्य संरचना चलिरहेको छ । उसमा बितण्डा र उदण्डता बढिरहेको छ । एमालेको कार्यकर्ताको हात भा“चिन्छ, घा“टी रेटिन्छ तर कोही बोल्दैन । माओवादीले जेसुकै कुकर्म गरे पनि त्यो त बाध्यताले गरेको भनेर कुतर्क गरिन्छ र पक्षपोषण गरिन्छ । आफ्ना कार्यकर्ता कुटिंदा, पिटिंदा, मारिंदा अलिकति पनि पोल्दैन, दुःख लाग्दैन ? योभन्दा दुःखद् स्थिति अरू के हुनसक्छ ? त्यसकारण माओवादीको सैन्य र अर्धसैन्य संरचना अन्त्य हुनैपर्छ । नभए गत चुनावमा जे गल्ती गरियो त्यसैको पुनरावृत्ति हुन्छ । त्यसकारण संविधान निर्माण गर्नुभन्दा पहिले माओवादीले शान्ति सम्झौताको पूर्णपालना गर्ने स्थिति बन्नैपर्छ भन्ने नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठकले निर्णय गरेको हो । अब जहा“सम्म प्रधानमन्त्रीको कुरा छ, त्यो पनि मैले चर्चा गर्नैपर्छ । म प्रधानमन्त्री मेरो खुसीले, इच्छा लागेर, ढोकाढोका चहार्दै र अरूको चाकरी गर्दै भएको होइन । प्रचण्डको दिमागमा कुन कुबुद्धि आयो, सनकको भरमा राजीनामा दिए । सनकको भरमा राजीनामा दिने प्रचण्ड अनि गाली खाने हामी ? प्रचण्डलाई पो धारेहात लगाएर गाली गर्नुप¥यो । एक वर्षदेखि सधैं उनीहरूलाई पोलेको पोल्यै छ । सरकार गठन भएको ११ महिना पुगेर १२ महिना लाग्न लागिसक्यो, अब के गर्ने ? माओवादीले यस्तै विद्रोहको कुरा गर्दै गयो भने उसलाई कसैले पत्याउने छैनन् । पत्याउने मुठ्ठीभर मान्छेहरू हुनेछन् । नभए लोकतान्त्रिक प्रणाली भएको देशमा यस्ता उग्रहरूलाई, यस्ता बन्दुकधारीहरूलाई, यस्ता विद्रोहीहरूलाई अझै बाहिर राखेर विद्रोहबाट मुक्त हुने समय दिनुपर्छ । सरकारमा ल्यायो भने उनीहरूको दिमाग बिगि“्रदो रहेछ । तर, म त्यो मान्यतामा छैन । ल्याउ“दै, फकाउ“दै र सुधार्दै जानुपर्छ । हामीले सरकार बनाएपछि पनि भन्यौ“, आउनोस् ढोका खुला छ, तपाईंहरूलाई स्वागत छ, अहिले पनि म त्यही दोह¥याउन चाहन्छु । सवाल को प्रधानमन्त्री हुने भन्ने होइन । म त एउटा पार्टीको सिपाही हु“ । पार्टी केन्द्रीय कमिटीको बैठकले सर्वसम्मतिले मेरो नाम प्रस्तावित ग¥यो । पार्टी अध्यक्षले प्रस्तावित गर्नुभयो । सबै सदस्यहरूले त्यसमा सहमति जनाए । त्यसपछि म प्रधानमन्त्री भएको हु“ । जुन दिन पार्टीले सरकारबाट बाहिर आऊ भन्छ, म खुसीसाथ सरकार छोडेर बाहिर आउन तयार छु । बाटोमा खुट्टा कमाउ“दै हि“ड्ने कायर र प्रचण्डको घुर्कीसामु तर्सिने मान्छे होइन म । माथिबाट ढुङ्गा लडाउ“दैमा ईश्वर पोखरेल डराउ“छन् भनेर सोच्ने, प्रचण्डले विद्रोह गर्छु भन्नासाथ माधव नेपाल थरथर का“प्छन् भन्ठान्ने र विद्रोहको धम्की दिनेबित्तिकै हाम्रा पार्टी अध्यक्ष थरथर काम्नुहोला भन्ने उनीहरूले ठान्ने, यी सबै बेकारका कुरा हुन् । कोही डराउनु पर्दैन ।
हामीलाई पनि देशको चिन्ता छ । जेठ १४ पछि के हुने ? जसले जेसुकै भने पनि अरूका कुरा छाडिदिनुस्, प्रचण्डले नै भनेको शब्द म दोह¥याउन चाहन्छु– जेठ १४ भित्र संविधान बनेन भने आकाश खस्नेवाला छैन । जुन ‘मिसन’सहित संविधानसभा गठन भएको हो, त्यो ‘मिसन’ पूरा नभएसम्म संविधानसभालाई बिदा गर्न गाह्रो हुन्छ । दुई वर्ष समय दिइएको थियो, किन काम गरेनौं भनेर जनताले प्रश्न गर्ने अधिकार राख्दछन् । त्यसको अर्थ छिटो गर भन्न खोजेको हो । अझै पनि ३५ दिनभित्र त के एक साताभित्र गर्न सकिन्छ भन्ने बाबुराम भट्टराईको अभिव्यक्ति मैले सुनें र बडो उत्साही पनि भए“ । सबैले सङ्कल्प गरे सकिन्छ पनि । तर, विषयहरूको टुङ्गो कसरी लगाउने ? जनतामा जाने प्रक्रिया कसरी निर्धारण गर्ने ? समय छैन । अवश्य पनि यी सबै विषयमा विस्तृत रूपमा छलफल हुनुपर्ने आवश्यकता छ । तर १४ गतेपछि संविधानसभा खत्तम हुन्छ, देशमा प्रतिगामीहरू हाबी हुन्छन्, राष्ट्रपति शासन लादिन्छ, सैनिक शासन हाबी हुन्छ, यी सबै कुराहरूमा जुन किसिमको हौवा मच्चाइएको छ, त्यो हौवाको पछि लाग्नुपर्ने कुनै आवश्यकता छैन ।
संविधानसभाको मिति बढाउनुपर्ने निर्णय राजनीतिक पार्टीहरूले गर्ने हो, सरकारले गर्ने हो । अनि अरूले हल्ला गरेर हुन्छ ? हेरौं न, हामीले निर्णय गर्दा कसले बाधा खडा गर्दो रहेछ ? अनि केको हौवा ? केको कोकोहोलो ? निर्णय गर्नुपर्ने ठाउ“मा निर्णय गरे भो नि । निर्णय र निर्देशनका आधारमा चल्न पार्टीका सिपाहीहरू तयार छन् । त्यसकारण अनन्तकालसम्म बढाइरहनु उपयुक्त हु“दैन । बढाउने एउटा आधार चाहिन्छ । यही बीचमा काम गर्न खोज्दाखोज्दै पनि भ्याइएन भन्दै तर्कपूर्ण ढङ्गबाट औचित्यपूर्ण रूपमा राख्दा उपाय निस्किन्छ । उपाय अरूले निकाल्ने होइन, हामीले निकाल्ने हो । आफ्नो शक्तिमा विश्वास छैन, आफ्नो क्षमतामा विश्वास छैन अनि गीत गाएर हि“डेको छ, हल्ला मच्चाएर हि“डेको छ । त्यसकारण नेपालको राजनीतिक अध्यायलाई कुन दिशामा लिएर जाने ? त्यसको निर्णय हामीले गर्ने हो । कुनै विदेशीहरूले गर्नेवाला छैनन्, गर्न पनि पाउ“दैनन् । २०६३ सालको वैशाख ८ गतेको दिन म सम्झिरहेको छु । त्यस दिन सारा विदेशीहरूको हुल महाराजगञ्जमा जम्मा भएर पार्टीहरूलाई राजाको कदमलाई साथ देऊ भनेर दबाब दिन खोजेका थिए । मै थिए“ त्यहा“ । मैले हुन्न भनेर अस्वीकार गरे“ । त्यसपछि नेपालमा वैशाख ११ गतेको राजाको घोषणाले परिवर्तन सम्भव भयो ।
नेपाललाई हामीले बुझेका छौं, विदेशीले होइन । नेपालको मामिला हामीले टुङ्गो लगाउने हो, विदेशीले होइन । आफ्नै दिमागमा विदेशीको दासताको दृष्टिकोण छ, विदेशीसामु लगलग काम्नु छ, आफ्नो कमजोरी फर्किएर हेर्नु छैन अनि अरूलाई दोष देखाएर आफूलाई बडो सभ्य देखाउन खोज्ने जुन प्रवृत्ति छ, त्यो उचित होइन । प्रचण्डलाई त मैले भने“, ‘होइन तपाईंले त यो सरकार गठन हुने अवस्थादेखि नै चार महिनासम्म संसद् अवरुद्ध गरेको होइन ? यो सरकार बन्नै नदिन माओवादीले सङ्कल्प गरेको होइन ?’ हाम्रा एकजना कार्यकर्तालाई प्रचण्डले भनेको कुरा स्मरण गराउन चाहन्छु, ‘म आज वैशाख २१ गते राजीनामा दिन गइरहेको छु । तर, प्रधानमन्त्री पद छोड्न गइरहेको छैन ।’ उनले के सोचे भने सरकार त यिनीहरूले बनाउनै सक्दैनन् । संख्या पुग्नै दिन्न“ भनेका होइनन् ? उनका सबै प्रयासलाई विफल पारियो । माओवादीबाहेकका सबै पार्टीको समर्थन प्राप्त गरेर उनीहरूका आपत्तिका बीचमा यो सरकार बनेको हो । वैशाख २१ गतेबाट सुरु भएको प्रक्रिया जेठ ९ गते बल्ल टुङ्गो लाग्यो । इतिहासका यी तथ्यहरू बिर्सिएर हुन्छ ? जन्मिएदेखि नै माओवादीले यो सरकारलाई सौता ठान्यो । आफ्नो कुर्सीमा अरू आएर बसेको ठान्यो र पोलेको पोल्यै भयो ।
मैले त अस्ति प्रचण्डलाई भने“, ‘तपाईं पनि अब सरकारमा नजानुस्, म पनि नहुने, अर्को खोजौं । अर्को कुनै व्यक्तिको नाममा सहमति गरौं ।’ तयार छन्, प्रचण्ड ? प्रचण्डको एकसूत्रीय प्रस्ताव माधव नेपालको राजीनामा । अचम्मलाग्दो छ । आउनुस् न प्रस्तावसहित, म त बाधक नै छैन भनिसकेको छु । सहमति गरौं न सबै पार्टीका बीचमा, शान्ति प्रक्रिया र संविधान निर्माणको विषयमा टुङ्गो लगाउनुस्, को बन्ने प्रधानमन्त्री त्यो पनि टुङ्गो लगाएर आउनुस्, म एक मिनेट पनि बस्दिन“ । अनि केका लागि माओवादी घुर्कीका अगाडि म झुक्ने र तर्सिने ? माओवादीको अराजकतासामु आत्मसमर्पण गर्ने ? त्यसकारण माधव नेपाल समस्या होइन, माधव नेपाल त समाधान हो । प्रचण्डमा भएका प्रवृत्तिमाथि प्रहार पनि गर्छ र सुम्सुम्याउ“दै फेरि फकाएर पनि ल्याउ“छ । त्यति दृढता र लचकता दुवै छ ममा । म आत्तिने र हरेस खाने खालको मान्छे होइन । ममा निराशा त छ“दै छैन । माधव नेपालको ठाउ“मा जोसुकै प्रधानमन्त्री भएको भए पनि प्रचण्डले खेदेको खेदेकै गर्ने थिए । मस“ग भेट्दा सबैभन्दा मन पराएको व्यक्ति तपाईं नै हो भन्छन् । सबैभन्दा बढी विश्वास गरेको व्यक्ति तपाईं नै हो भन्छन् । मञ्चमा हेर्नुस् त– मुखबाट केके बोली निस्कन्छ ? कस्तो असभ्य, कस्तो अभद्र । संस्कारहीन बोली, अभिव्यक्ति र क्षुद्रताले सीमा नाघिसकेको छ । तर, म त्यस्तो गर्न चाहन्न“ । मलाई विषवृक्ष भन्नुस् । मैले भनी पनि सकेको छु– म कल्पवृक्ष त होइन तर छहारी भने अवश्य दिनेछु । माओवादीलाई छहारी त दिएकै हो नि । विशेष समितिको अध्यक्ष बन्नै दिन्न भनेको होइन माओवादीले ? जेठदेखि भदौसम्म अध्यक्षमा कुरा नमिलेपछि झण्डै चार महिनासम्म विशेष समितिले काम नै गर्न पाएन । बल्ल भदौमा सभापति तपाईं नै ठीकै छ, भनेका होइनन् ? कस्तो किसिमको प्रवृत्ति ? भन्नेबित्तिकै समर्पण गर्ने । गर्न खोजेका होइनन् सिंहदरबार घेराऊ, नाकाबन्दी, संसद्बाट बजेट पास गर्न नदिने, राष्ट्रपतिलाई संसद्मा आउन नदिने । पछिसम्म राष्ट्रपतिको त नामै सुन्न चाहेनन् । तर, पछि राष्ट्रपतिस“गै बसेर डिनर खाएका होइनन् ? त्यसकारण के भने भन्ने कुराको आधारमा हुन्छ ? आउनुस् न समस्याबारे छलफल गरौं, म त समस्या नै होइन भनेर मैले कतिपटक भन्ने ? म समस्या होइन, म समस्या होइन भन्दै गीत गाउ“दै हि“ड्ने ? त्यसकारण मबाट त्यस्तो सत्तालिप्सा हु“दैन । पार्टीले निर्णय गरोस् म त हा“सीहा“सी फर्किएर आउ“छु ।
संविधानसभामा नजाने भनेर सङ्कल्प गरेर बसेको मान्छे म । प्रचण्ड मेरो घरमा गएर तीन घण्टासम्म तेल घसेको घस्यै गरे । तैपनि, मैले मानेको थिइन“ । फेरि हाम्रो पार्टीको बैठकमा प्रचण्डले आफैंले हस्ताक्षर गरेर दरखास्त नै पठाए । आज मलाई जे पायो त्यही भनेको छ, भनेको छ । कति घोचेको होला, छियाछिया भएको होला, तपाईंहरू आफैं सोच्नुस् त †
त्यसकारण कमरेडहरू, देशको समस्याप्रति म अवश्य पनि गम्भीर छु, चिन्तित छु । माओवादीलाई कसरी सहमतिमा ल्याउने भनेर उपायाको खोजी गर्नुपर्छ । तर, माओवादीका सर्तलाई निःसर्त रूपमा स्वीकार गर्ने गल्ती किमार्थ गर्दिन“ । माओवादीले विद्रोहको जुन तयारी गरेको छ, त्यो अत्यन्तै गलत छ । ती सबै अवैधानिक काम हुन् । उनीहरूका उग्रवामपन्थी, गैरजिम्मेवार कामलाई सबैले भत्र्सना गर्नुपर्छ, निन्दा गर्नुपर्छ । नेकपा (एमाले)ले पनि निन्दा गर्नुपर्छ, भत्र्सना गर्नुपर्छ । माओवादीको उदण्डता कस्तो छ भन्ने कुरा अस्ति सुर्खेतको घटनाबाट मात्रै होइन, आज नवलपरासीमा एमाले कार्यालय जलाएको घटनाबाट पनि देखिन्छ । माओवादीले यस्तो कुकर्म गरेका ग¥यै छन् । तर पनि, माओवादीप्रति अलिकति पनि घृणा नहुने, आलोचनाको दुई शब्द पनि नबोल्ने ? धिक्कार छ त्यस्तो प्रवृत्तिलाई । यस्तो प्रवृत्तिले नेकपा (एमाले)को हित गर्न सक्दैन । नेकपा (एमाले)को त अभिभावक नेता हुनै सक्दैन । नेकपा (एमाले)को कार्यकर्ताहरूको नेता बन्ने हो भने पार्टीको हितमा काम गर्नुपर्दछ, पार्टीको कार्यकर्ताहरूको भावनामा मलम लगाउने काम गर्नुपर्दछ । एमालेलाई प्रहार गर्नेहरूमाथि जाइलाग्नुपर्छ, आलोचना गर्नुपर्छ, निन्दा र भत्र्सना गर्नुपर्छ । अनि मात्रै एमालेलाई जोगाउन सकिन्छ, बढाउन सकिन्छ र नेपालको राजनीतिमा नेकपा (एमाले)को उचाइलाई नया“ अवस्थामा पु¥याउन सकिन्छ ।
यस अवसरमा सङ्कल्प गरौं, एमालेको हितबाट निर्देशित हुनेछौं, राष्ट्र र जनताको हितका निम्ति एमाले चाहिन्छ, एमालेको भविष्य छ, उग्रवामपन्थी र दक्षिणपन्थीको छैन, यथास्थितिवादीको पनि छैन । परिवर्तनको संवाहक नेकपा (एमाले) हो । यही भावनालाई आत्मसात गरेर आजको दिनमा अघि बढ्न सक्यौं भने पार्टी स्थापना दिवसको पनि सार्थकता रहन्छ भन्ने कुरा राख्दै आफ्नो भनाइ यही“ टुङ्ग्याउ“छु, धन्यवाद †
लालसलाम †
(६१ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा नेकपा (एमाले) उपत्यका विशेष समन्वय कमिटी र पेसागत वुद्धिजीवी विशेष जिल्ला कमिटीले बल्खुमा २०६७ वैशाख १० गते आयोजना गरेको कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्य ।)