Tuesday, January 25, 2011

माओवादी-कांग्रेसद्वारा प्रधानमन्त्री दावी

माओवादी तथा कांग्रेसले सरकारको नेतृत्व दाबी गरेका छन्। सरकार गठन बारे भएको वार्तामा दुवै दलले सरकारको नेतृत्व दावी गरेपछि छलफल बिनानिष्कर्ष टुंगिएको छ। द्विपक्षीय र त्रिपक्षीय बैठकलाई तीव्रता दिई भोलिसम्म सहमतिको प्रयास जारी राख्न दुवै दल सहमत भएका छन्। राष्ट्रपति रामवरण यादवले चार दिनअघि दलहरुको आग्रहमा राष्ट्रिय सहमतिका लागि बुधबारसम्म थप म्याद थपेका थिए। बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिको सरकार बन्न नसकेमा शान्तिप्रक्रिया र संविधान निर्माणमा पर्न सक्ने असरका विषयमा समेत छलफल भएको जानकारी दिए। उनले शान्तिप्रक्रियाको आधा हिस्सा भएको र जनादेशअनुसार ठूलो दलको नेतालेे राष्ट्रिय सहमतिको नेतृत्व एमाओवादीले गर्नु उचित हुने भएकाले यसतर्फ नयाँ शिराबाट सोच्न आग्रह गरेको बताए। नेपाली काँग्रेसका नेता मशरण महतले बैठकमा आ-आफ्ना अडान र अप्ठ्याराबारे सौहार्दपूर्ण वातावरणमा छलफल भएको भन्दै शान्ति प्रक्रियाको थालनीमा नेपाली काँग्रेसको नेतृत्व भएकाले यसलाई सार्थक बनाउन पनि काँग्रेसको नेतृत्वमा सरकार बन्नु उचित हुने धारणा आफूहरुले राखेको जानकारी दिए। उनले शिविरमा रहेका एमाओवादी लडाकूको समायोजन र शान्ति प्रक्रियाका अन्य पक्षहरुमा केही काम भएपछि उसको नेतृत्वमा सरकार गठन गर्न आफूहरुलाई आपत्ति नहुने उल्लेख गरे। बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षत्रय मोहन वैद्य, डा. बाबुराम भट्टराई, श्रेष्ठ र महासचिव रामबहादुर थापा थिए। भने काँग्रेसका तर्फबाट सभापति सुशील कोइराला, नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा.महत, विमलेन्द्र निधि सहभागी थिए।

Total Pageviews