Thursday, May 28, 2009

संकल्प प्रस्ताव संसदमा प्रवेश गराउने

एकीकृत नेकपा माओवादीले राष्ट्रपतिविरुद्ध ल्याएको संकल्प प्रस्ताव संसदमा प्रवेश गराउने या नगराउने सम्बन्धमा बिहीबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक विनानिष्कर्ष सकिएको छ । बैठकले संकल्प प्रस्तावका सम्बन्धमा कुनै निर्णय गर्न नसक्दा बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक पनि सूचना टाँस गरी स्थगित गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको अर्को बैठक शनिबार बिहान ८:३० बजे बस्ने भएको छ । संसदको बैठक भने आइतबार साँझ ७:३० बजे बस्ने भएको छ । यसअघि दिउसो १ बजे संविधानसभाको बैठक बस्नेछ।

Total Pageviews