Wednesday, January 4, 2012
राजा त्रिभुवनको शालिक हटाउने सरकारी निर्णयको विरोध गर्दै संसद बैठक बहिस्कार
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सहिदगेटमा रहेको राजा त्रिभुवनको शालिक हटाउने सरकारी निर्णयको विरोध गर्दै संसद बैठक बहिस्कार गरेको छ। ब्यबस्थापिका संसदको बुधवारको बैठकको सुरुमै राप्रपा नेपालका सभासद् चन्द्रबहादुर गुरुङले त्रिभुवनको सालिक हटाउने निर्णय गरेर सरकारले इतिहास, परम्परा र मौलिक संस्कृति मेट्ने काम गरेको भन्दै तत्काल निर्णय खारेज लिन माग गर्दै संसद बैठक वहिस्कारको घोषणा गर्नुभयो।
बैठकमा बिभिन्न दलका सभासद्हरुले संविधान निर्माणको निर्धारित कार्यतालिका अनुसार संविधान लेखनको काम नभएको भन्दै शीर्ष नेताको ध्यानाकर्षण गराएका छन्। एकीकृत नेकपा माओवादीका सभासद् पुष्प मल्लले संविधान निर्माणमा प्रतिपक्षी दल गम्भीर नभएको आरोप लगाउनुभयो। कांग्रेसका सभास्द नरहरि आचार्यले समझदारी भएका विषय एकपछि अर्को गरी उल्टिएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो। शान्ति प्रक्रियाका काम सुस्त हुदै गएको भन्दै उहाँले शान्ति प्रकृयालाई अघि बढाउन सरकारसंग आग्रह गर्नुभयो।
एमाले सभासद् सपना प्रधान मल्लले कार्यतालिका अनुसार संवैधानिक समितिले आफ्नो काम सकेर संविधानसभाले पारित गर्न तिर लाग्नु पर्ने भए पनि कार्यतालिका परिवर्तन गर्नु पर्ने अडानले झन समस्या पार्ने उल्लेख गर्नुभयो। त्यस्तै राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसीले चार वर्ष पुग्नै लाग्दा पनि संविधान बन्ने छांट नदेखिएको धारणा राख्नुभयो। उहांले संघीयता भन्ने दलहरु पनि जातीय राज्य, जातीय सेना र क्षेत्रीय र जातीय संविधानतर्फ रुमल्लिएकाले संविधान निर्माण संकटमा परेको उल्लेख गर्नुभयो।
Subscribe to:
Comments (Atom)